stcnepal long ad
ime life insurance
national life
global ime bank long

गोकर्णेश्वर ,कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिकामा पत्रकारिता तालिम शुरु

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । गोकर्णेश्वर ,कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिकामा पत्रकारिता तालिम शुरु भएको छ । मदन भण्डारी फाउन्डेसन काठमाडौंको आयोजनामा शुरु भएको तालिममा तिन नगरपालिकाका सबै वडा बाट प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

सो तालिममा आधारभूत पत्रकारिता ,स्थानीय तह ,संघियता ,नेपाली कम्युनिस्ट आन्दोलन लगायतका विषयमा बरिष्ठ प्रशिक्षकहरुले प्रशिक्षण दिने मदन भण्डारी फाउन्डेसन काठमाडौंका उपाध्यक्ष उद्दव भण्डारीले जानकारी दिएका छन।

उक्त तालिम उद्घाटनमा तालिमको उदेस्य माथि प्रकास पार्दै मदन भण्डारी फाउन्डेसनकी केन्द्रिय सचिव पेम्बा लामाले स्थानीय तहका सकारात्मक र सृजनात्मक कामहरुलाई सञ्चार माध्यम र सामाजिक सञ्जाल मार्फत व्यवस्थित प्रचार गर्ने जनशक्ति उत्पादनका लागि तालिम आयोजना गरेको बताएकी छन।

पहिलो चरणमा बुढानिलकण्ठ ,टोखा र तारकेश्वर नगरपालिकामा पत्रकारिता तालिम सम्पन्न गरिएको जानकारी दिदै तालिम व्यवस्थापन समितिका संयोजक इन्द्र डंगोलले पौष १ गते बाट काठमाडौं महानगरपालिका र नागार्जुन नगरपालिकाको तालिम शुरु हुने बताएका छन।

काठमाडौं जिल्लाका ११ वटै पालिकाका १३८ वटै वडाका प्रशिक्षार्थीहरुको सहभागितामा हुने तालिममा आधारभूत पत्रकारिता ,स्थानीय तह र नेपालको कम्युनिस्ट आन्दोलन लगायतका विषयमा प्रशिक्षण प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

सुशासन र समृद्धिका लागि संचार अभियानका रुपमा छ दिन शैदान्तिक र तिन महिना प्रयोगात्मक रुपमा संचालन हुने तालिमको अन्तिम चरणमा दक्षिणकाली ,चन्द्रागिरी र किर्तिपुर नगरपालिकामा तालिम संचालन हुने आयोजकले जानकारी दिएको छ।

 

IME Lifesidebar
kumari