citizens life insurance long ad
stcnepal long ad

आज पनि उखु किसानहरुको प्रदर्शन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज पनि आफूहरुले पाउनु पर्ने बाँकी रकम लामो समयसम्म नपाएको भन्दै उखु किसानहरुले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

माइतीघरमा प्रदर्शनमा उत्रिएका उखु किसानहरुले आफुहरुको माग पुरा नभए सिंहदरबार घेर्ने चेतावनी  समेत दिएका छन् । चिनी मिल सञ्चालकबाट बाँकी रकम उठाइ दिन सरकारले गरेको वाचा पूरा नभएको भन्दै सर्लाहीका उखु किसानहरुले हिजोदेखि काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका हुन् ।

उनीहरूले गत वर्षको पुस १६ गते सरकारसँग भएको ५ बुँदे सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् ।

सरकारले किसानहरुसँग गरेको पटक पटकको वाचाअनुसार मंसिर २६ गतेसम्म किसानले बाँकी रकम प्राप्त गर्नुपर्ने भएपनि एक वर्षको अवधिमा कुनै प्रगति नभएको उखु किसान संघर्ष समितिले जनाएको छ । उखु किसानहरुले चिनी मिलहरुसँग करिब ९० करोड रुपैयाँ लिन बाँकी रहेको छ ।

IME Life
kumari