विश्वराज पोखरेल एआइजीमा बढुवा
काठमाडौँ । सरकारले प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको बैठकले सिफारिस गरेका पोखरेललाई डिआइजी पोखरेललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा मङ्सिर १५ गते बसेको बढुवा समिति बैठकले पोखरेललाई सिफारिस गरेको थियो ।























