नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपाने पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष लम्बोदर न्यौपानेलाई पक्राउ गरेको छ ।
बुधबार दिउँसो उहाँलाई काठमाडौंबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिएका छन ।
न्यौपाने विरुद्ध नेपाल इन्जिनियरिङ कलेजले प्रहरीमा उजुरी दिएपछि न्यौपानेलाई पक्राउ गरिएको हो ।
तत्कालीन कलेजका अध्यक्ष समेत रहनुभएका उहाँलाई तीन करोड ७१ लाख रुपियाँ ठगी गरेको आरोप रहेको सीआईबीले बताएको छ ।























