गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा पक्राउ
आर्थिक सञ्जाल । बुधबार, ७ फागुन २०७६
काठमाडौं । गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिकाका ३ बोल्दे घर भई काठमाडौं जोरपाटी बस्ने पासलाल तामाङलाई काठमाडौं जडिबुटिबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।
तामाङ समेतका व्यक्तिहरुले बलेफी हाईड्रोपावरमा काम गर्ने ठेकदार र अरु ब्यक्तिहरुलाई पनि हातहतियार देखाई ज्यान मार्ने, हात खुट्टा भाँचिदिने धाक–धम्की समेत दिई त्रास पैदा गर्ने जस्ता कार्यमा संलग्न रहेको र महिला समेतलाई अभद्र ब्यबहार गरेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले गुण्डागर्दीमा संलग्नमध्ये उनलाई पक्राउ गरेको हो ।
तामाङ कर्तब्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा करिब १८ महिना जेल भुक्तान भई छुटेको र सिन्धुपाल्चोक जिल्लामा ज्यान मार्ने उद्योग मुद्दामा समेत संलग्न रही फरार रहेको अनुसन्धानबाट खुल्न आएको छ ।
तामाङलाई अभद्र ब्यबहार सम्बन्धि कसूरमा आवश्यक अनुसन्धान र कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।