sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

प्रहरीको जागिर लगाईदिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बुधबार, ७ फागुन २०७६
झापा । प्रहरीको असईमा जागीर लगाई दिन्छु भन्दै नगद ठगी गरेको अभियोगमा उदयपुर त्रियुगा नगरपालिका ३ भुल्केका बिजय वाग्लेलाई झापा मेचीनगर नगरपालिका६ बाट प्रहरीले पक्राउ गरेको छ ।
वाग्लेले प्रहरीको नक्काली परिचयपत्र देखाई सोलुखुम्बु र खोटाङका २ जनालाई केही समय अगाडिदेखि नै प्रहरीको असईमा जागिर लगाई दिन्छु भन्दै दुबै जनाबाट गरी १ लाख ५० हजार रुपैयाँ ठगी गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
वाग्लेलाई ठगी र सरकारी कागज किर्ते मुद्धामा जिल्ला अदालत झापाको अनुमती लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

gold
prabhu bank
nawakantipur long