stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्राधिकरणमा आधा दर्जन उच्च तहका कर्मचारीको सरुवा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल – ६ फागुन २०७६, मंगलबार
काठमाडौं । प्राधिकरणभित्रको मात्रै होइन, बाहिरको तार व्यवस्थापनमा लागेको नेपाल विद्युत प्राधिकरणले निर्देशक सहित विभिन्न तहमा कार्यरत ७ कर्मचारीको सरुवा गरेको छ । फागुन १ गतेको कार्यकारी निर्देशक स्तरीय निर्णय अनुसार प्राधिकरण कर्मचारी सेवा, शर्त विनियमावली २०७५ को विनिमय ४६ मा भएको व्यवस्था बमोजिम उनीहरूको सरुवा गरी जिम्मेवारी तोकिएको बताइएको छ ।
यसरी सरुवा हुनेहरुमा निर्देशक (११ तह) मा कार्यरत तुलाराम गिरी र बेल प्रसाद शर्मा छन् । गिरीलाई कानुन विभाग र शर्मालाई जनसाधन विभाग सरुवा गरेको छ ।
यस्तै, प्राधिकरणले उप–निर्देशक (९ तह) का ३ कर्मचारीको सरुवा गरेर जिम्मेवारी तोकेको छ । कर्मचारी प्रशासन महाशाखाका डोलनाथ ढकाललाई नियुक्ती सिफारिस महाशाखामा सरुवा गरिएको छ ।
प्रसारण निर्देशनालयको प्रशासन महाशाखामा कार्यरत चुडामणि आचार्यलाई कर्मचारी प्रशासन महाशाखामा सरुवा गरी प्रमुखको जिम्मेवारी तोकिएको छ ।

माथिल्लो त्रिशुली ३ ‘ए’ जलविद्युत आयोजनामा कार्यरत नारायणप्रसाद आचार्यलाई प्रसारण निर्देशनालयको प्रशासन महाशाखामा सरुवा गरिएको छ ।
सहायक निर्देशक (८ तह) मा कार्यरत जमुनाकुमारी खड्का र बासु कलौनीको पनि सरुवा गरिएको छ । खड्कालाई कार्यकारी निर्देशकको सचिवालयमा तथा कलौनीलाई केन्द्रीय कर्मचारी प्रशासन शाखा प्रमुखको जिम्मेवारी दिएर सरुवा गरिएको छ । यस अघि खड्का केन्द्रीय कर्मचारी प्रशासन र कलौनी वितरण तथा ग्राहक सेवा निर्देशनालयमा कार्यरत रहेका थिए ।

IME Lifesidebar
kumari