stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

बिदामा नबस्ने भए गर्भनर नेपाल

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल,  बुधबार  ७ फागुन २०७६
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल सकिन १ महिना मात्र बाँकी भए पनि उनी बिदामा नबस्ने भएका छन् । कार्यकाल समाप्त हुन १ महिना अघि गभर्नर बिदामा बस्ने प्रचलन छ ।
बिदा बस्नै पर्ने बाध्यकारी नियम नभए पनि दीर्घकालीन निर्णय गर्न उपयुक्त नहुने भएकाले बिदा बस्ने गरेको पाइन्छ । कतिपय गभर्नरहरु बिदा बसेका र कतिपय नबसेका उदाहरण छन् ।
गभर्नर कार्यालयका अधिकारीका अनुसार डा. नेपालले बिदा नबस्ने सोच बनाएका छन् । अहिलेका अर्थ मन्त्री डा. युवराज खतिवडा पनि राष्ट्र बैंकको गभर्नर हुँदा कार्यकाल सकिनु अगाडि बिदामा बसेका थिएनन् ।                                        गर्भनर डा. नेपालले केही दिनमै चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पनि गर्ने भएका छन् ।
डा. नेपालको पाँच वर्षे कार्याकाल सकिन अब १ महिना मात्र बाँकी छ । उनी वि.सं. २०७१ चैत ८ गते गभर्नर बनेका थिए ।

सामान्यतया गभर्नरको कार्यकाल सकिन १ महिना अगावै अगामी गभर्नरको नियुक्तिका लागि छनोट समिति गठन गर्ने चलन छ । तर, यस पटक भने सरकारले तयारी समेत थालेको छैन । आजको आर्थिक अभियान दैनिकबाट

prabhu mahalaxmi
kumari bank
kumari