stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

राजधानीमा सुरु भयो सुपथ मुल्य पसल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं– सरकारले मुलुकका विभिन्न ठाउँहरुमा सुपथ मुल्य पसलहरु सञ्चालन गरेको छ । सुपथ मुल्य पसलहरुमा खाद्यान्न लगायतका सामग्रीको बिक्री वितरण हुने गरेको छ । तर सबैको किनमेल सूची रहने चिनी भने अधिकांश पसलमा नपाइएको उपभोक्ताको भनाइ छ ।

चाडपर्वलाइ लक्षित गरी राजधानीमा खोलिएका सुपथ मुल्यका पसलहरुमा उपभोक्ताको संख्या उल्लेख्य छ । भौतिक दुरी र स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी सञ्चालन गरिएका पसलमा अन्य पसलहरु भन्दा केही सुपथ मुल्यमा सामग्री पाइएको भनाइ उपभोक्ताको छ ।

सुपथ मुल्य पसलमा दाल, चामल, नुन, मसलाका साथै भान्छामा प्रयोग हुने विभिन्न प्रकारका भाँडाकुँडाहरु समेत बिक्रीका लागि राखिएको छ ।

यसले उपभोक्ताहरुलाई किनमेलमा सहज महशुस भएपनि प्रायको किनमेल सूचीमा रहने चिनि भने सहजरुपमा पाउन नसकेको गुनासो उपभोक्ताको छ । उपत्यकामा रहेका १३ वटा सुपथ पसल मध्ये ५ वटामा मात्र चिनी पाइएको उपभोक्ताको भनाइ छ ।

तर उपभोक्ताको आकर्षणका कारण सामग्रीहरु सकिएपनि तत्कालै उपलब्ध गराउने गरिएको भनाइ विक्रेता कर्मचारीको छ ।

सरकारले सञ्चालन गरेका सुपथ मुल्य पसलको संख्यालाई अझ बढाउन सकेमा कोरोनाका कारण आम्दानी गुमाएका सर्वसाधारणलाई राहत पुग्ने पनि उपभोक्ताको भनाइ छ ।

prabhu mahalaxmi
kumari