stcnepal long ad
global ime bank long

साना ईभीको मूल्य स्थिर रहने, सडक निर्माण दस्तुरमा ५० प्रतिशत छुट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।सरकारले आर्थिक विधेयक सच्याएर २० लाख रुपैयाँसम्मका साना विद्युतीय कारमा २.५ प्रतिशत मात्रै सडक निर्माण दस्तुर लगाउने निर्णय गरेको छ । यसअघि उक्त दस्तुर ५ प्रतिशत कायम गरिएकोमा पछि सच्याएर ५० प्रतिशत छुट दिइएको हो ।

गत जेठ १५ गते बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले त्यसअघि मोटर पिक पावरका आधारमा लाग्दै आएको करलाई हटाएर मूल्यका आधारमा लाग्ने नयाँ व्यवस्था गरेका थिए ।

उक्त व्यवस्थाले ईभीको मूल्य बढाउने भन्दै चर्को आलोचना भएको थियो । सो शिर्षकमा ५० प्रतिशत छुट दिइएसंगै भन्सार विन्दुसम्म आइपुग्दा पुग्ने २० लाखसम्मका ईभीको मूल्य स्थिर रहने अनुमान गरिएको छ ।

बजेटअनुसार, भन्सार महशुल भने सबै विद्युतीय गाडीमा २० प्रतिशत लाग्नेछ । त्यसैगरी, स्वच्छ पूर्बाधार लगानी शुल्कको नाममा २.५ देखि १३० प्रतिशतसम्म कर लाग्ने व्यवसथा गरिएको छ ।

अर्थमन्त्री वाग्लेले सोमबार नाफिजद्वारा आयोजित पोष्ट बजेट छलफल कार्यक्रममा बोल्दै ५० लाख रुपैयाँभन्दा कम मूल्यका ईभीको हकमा मूल्य घट्ने व्यवस्था गरिएको बताए ।

‘केही कर संरचनामा देखिएको असन्तुलनलाई सच्याउने काम गरिएको छ’ उनले भने । साथै, उनले ५० लाख भन्दा बढि मूल्यका ईभी भने विलासी वर्गमा पर्ने र त्यस्ता कारमा बढि कर लगाउनु उचित रहेको जिकिर गरे ।

IME Lifesidebar
kumari