stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

हेटौंडा आउजाउका लागि बल्खुमा सुमो पार्क

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं– चाडपर्वका बेलामा यातायात सेवालाई सहज बनाउने उद्देश्यले बल्खु सुमो पार्क सेवा सुरु गरिएको छ ।संघीय राजधानी काठमाडौंलाई बाग्मती प्रदेशको राजधानी हेटौडासँग जोड्ने यातायातको विकल्पको बनाउनका लागि सुमो सेवा सुरु गरिएको हो ।

संयुक्त बुकिङ काउन्टर,अनलाइन बुकिङ तथा बिलिङ सेवा समेत सुरु गरिएको छ । बल्खु सुमो पार्कको उद्घाटन गर्नुहुँदै प्रदेश ३ का भौतिक पूर्वाधार तथा योजना मन्त्री रामेश्वर फुयाँलले कोरोना महामारीको समयमा चाडबाडलाई लक्षित गरि सर्वसाधारणको सहजताका लागि सेवा सुरु गरिएको बताउनुभयो ।

सुमो पार्क सेवाले कोरोना संक्रमणका बेला टिकट काट्नका लागि लाइन बस्न पर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गर्दै उहाँले यातायातको क्षेत्रमा रहेका समस्या समाधान गर्नका लागि बाग्मती प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । समृद्ध नेपाल निर्माणका लागि निजी क्षेत्र र सरकारी क्षेत्रबीच सहकार्य गरेर अगाडि बढ्ने उहाँको भनाइ छ ।

prabhu mahalaxmi
kumari