औषधि व्यवस्था विभागको महानिर्देशकमा भट्टराई नियुक्त
काठमाडौं । औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराईलाई नियुक्त गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका प्रेस सल्लाहकार माधव तिवारीले बिहीबार मन्त्री स्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले भट्टराईलाई विभागको महानिर्देशकमा नियुक्त गर्नुभएको जानकारी दिनुभयो ।
महानिर्देशक भट्टराई केही समय अघि मात्र ११ औं तहमा बढुवा हुनुभएको थियो । यसअघि औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल हुनुहुन्थ्यो । निवर्तमान महानिर्देशक ढकालको सरुवा विभाग अन्तरर्गतकै राष्ट्रिय प्रयोगशालामा भएको छ ।





























