stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

त्रिवि उपकुलपति कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ता पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

त्रिविमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ता भर्ती गरेको, छ महिना हुँदा समेत पठनपाठन र स्थगित परीक्षाबारे निकास ननिकालेको तथा नेविसंघ कार्यकर्तालाई झूटा मुद्दा लगाएको लगायत विरोधमा प्रदर्शनमा उत्रिएकालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

मंगलबार नेविसंघ त्रिवि समितिले उपकुलपति कार्यालय अगाडि सडकमा टायर बालेर प्रदर्शनसमेत गरेका थिए।

उक्त प्रदर्शनमा सहभागी रहेका त्रिवि नेविसंघ समितिका सचिव योगेन्द्र रावल, दीपक ओझा, रूपेश शाह लगायतलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा राखिएको छ।

नेविसंघ महामन्त्री बलदेव तिमिल्सिनाले विज्ञप्ति निकालेर पक्राउ परेका कार्यकर्तालाई विनासर्त रिहाइ गर्न माग गरेका छन्। त्रिविमा देखिएका समस्या वार्ताबाटै समाधान गर्न उनले माग गरेका छन्।

prabhu mahalaxmi
kumari