असोज १६ बाट समृद्धि फाइनान्सको २००% हकप्रद सेयर खुल्दै
काठमाडौं । समृद्धि फाइनान्सको २००% हकप्रद सेयर आगामी असोज १६ गतेबाट बिक्री खुला हुने भएको छ । कम्पनीले १ः२ अनुपातमा ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा कात्तिक ६ गतेसम्म आवेदन दिन सकिनेछ ।
भदौ ११ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको बीओके क्यापिटल मार्केटले गर्नेछ ।
बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट कमलादी काठमाडौं तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा, पुतलीसडक र बुटवल शाखा कार्यालयबाट आवेदन सकिनेछ । त्यसैगरी, बैंक अफ काठमान्डूको विराटनगर, पोखरा, नेपालगञ्ज, वीरगञ्ज, नारायणघाट, बिर्तामोड, धनगढी, जनकपुर र सुर्खेत शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।
सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न पाइनेछ । हाल यसको चुक्ता पुँजी १८ करोड १९ लाख ८० हजार ३०० रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट २००५ हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रदपछि पुँजी ५४ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।























