stcnepal long ad
nabil bank
macchha(MBL)

मुल्य वृद्वि नियन्त्रण गरिने दावी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । पछिल्लो समय कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि लामो समयदेखि उपत्यका लगायत मुलुकभर बन्दाबन्दीको अवस्था रहेको छ । यसबाट अपराधिक क्रियाकलापहरुमा बढोत्तरी भएको छ भने खाद्य सामाग्री लगायत अत्यावश्यक बस्तुहरुको छिटफुट कालाबजारी र अस्वाभाविक रुपमा मूल्य बृद्धि हुन थालेको छ ।

यसबीच आज तराई विकास तथा सञ्चार केन्द्र नेपालले ‘उपत्यकाको शान्ति सुरक्षा र बजार अनुगमनको अवस्था’ विषयक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा काठमाडौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा नेपाल सरकारका सचिव एकनारायण अर्यालले कोरोना भाइरसका कारण अबको दिनहरु च्यालेन्जिङ्ग रहेको बताएका छन ।

कोभिड–१९ का कारण अब बजारमा दैनिक उपभोग्य सामाग्रीहरुको अभाव हुने लगायतका क्राइसिसहरु आउन सक्ने भन्दै तीनै तहका सरकारले जनतालाई प्रभावकारी सेवा प्रवाहमा ध्यान दिनुपर्नेमा जोड दिनु पर्ने वताएका छन ।
उनले सरकारले जनतामाझ रिजल्ट देखाउनु पर्ने बताउदै निजी क्षेत्रबाट जनता मारमा पर्न सक्ने अवस्था आएमा त्यस्ता ठाउँमा सरकारको उपस्थिति समेत रहनुपर्नेमा जोड दिएका छन ।

कार्यक्रममा काठमाडौ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल दशैं, तिहार, छठ पर्व लगायतका चाडपर्व नजिकिँदै गर्दा अनुगमनका कार्यलाई व्यवस्थित गर्नुपर्ने बताउदै उनले पछिल्लो समय कोभिड–१९ र बन्दाबन्दीका कारण जनता कालाबजारी, कृत्रिम अभाव, असुरक्षा लगायतका समस्याहरु भोग्नुपर्ने अवस्थालाई ध्यान केन्द्रित गर्दै अनुगमनका कार्यलाई व्यवस्थित गरिएको बताएका छन ।

सिडिओ दाहालले लकडाउन र निषेधाज्ञाको समयमा ४० ट्रक म्याद नाघेको चकलेट बरामद गरेको, २० लाख माक्र्स नियन्त्रणमा लिन सफल भएको, थर्मल गनको काला बजारी गर्नेलाई कारबाही गरिएको जानकारी गराउदै उनले जनता संकटमा पर्दा काठमाडौ जिल्ला प्रशासन कार्यालयले उपभोक्ता हित संरक्षण र शान्ति सुरक्षाको क्षेत्रमा थुप्रै सफलता हाँसिल गरेको भन्दै आफूँहरु सर्वसाधारणले अनुभूति हुने गरी अनुगमनका कार्यहरुलाई तिव्रता दिइको भन्दै उपत्यकाको सुरक्षा चुस्त दुरुस्त रहेको दाबी गरेका छन ।

ललितपुर प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले यतिबेला सामान्यभन्दा फरक अवस्थामा रहेको भन्दै बजार अनुगमन चुनौतीपूर्ण रहेको बताउदै पछिल्लो समय कोभिड १९ का कारण सिर्जित अप्ठ्यारो परिस्थितिमा आम सर्वसाधारणलाई अप्ठ्यारो पार्ने गरी अत्यावश्यक सामाग्रीको कृत्रिम अभाव, कालाबजारी गर्ने, म्याद सकिएका सामाग्रीहरुको विक्रि वितरण भईरहेको भन्दै जनतालाई दुःख पुरयाउने गतिविधि भईरहेको भन्दै यस्ता गतिविधि नियन्त्रणका लागि सबैसँग समन्वय गरी बजार अनुगमन गरिरहेको दावी गरेका छन ।

भक्तपुर प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कोभिड १९ र बन्दाबन्दीका कारण सिर्जित अप्ठ्यारो परिस्थितिमा बजार अनुगमनका कार्यलाई तिव्रता दिएको बताउदै भक्तपुर जिल्लामा ४ वटै स्थानीय निकायहरुसँग सहकार्य गरी जिल्ला प्रशासन कार्यालयले भक्तपुरले सेनिटाइजर र माक्र्समा कालाबजारी गरे तत्काल कानुनी कारबाही गर्ने बताइन ।
उनले जिल्ला भित्रका होटलहरुमा हुने अनैतिक कार्य, बालुवा तस्करी लगायतका अपराध नियन्त्रणमा जोड दिँदै आएको बताउदै कोभिड १९ ले निम्त्याएको अप्ठ्यारो परिस्थितिमा उपभोक्ता ठगी गर्नेहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउने र गुनासो आउँदा तत्काल सम्बोधन गर्ने दाबी गरेकी छिन ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले साउन र भाद्र महिनामा ३४२ फर्महरुमा अनुमगन गरेको जानकारी दिदै बजार अनुमगनमा जाने प्रतिनिधिहरुका विषयमा समेत प्रश्न उठ्न थालेपछि विभागले बजार अनुगमनमा जाने मानिसहरुका लागि आचारसंहिता र कार्यविधिको व्यवस्था गरेको बताएका छन । सुवेदीले कोभिड १९ का कारण लकडाउन र निषेधाज्ञा हुँदा डेट एक्सपायरको सामानहरु बजारमा बढ्न थालेको जानकारी दिएका छन ।
त्यसैगरी उपत्यका अपराध महाशाखा एसएसपि दिपक थापाले लकडाउन र निषेधाज्ञामा विभिन्न हिंसात्मक घटनाहरुमा बढोत्तरी भएको भन्दै यसबीचमा ४ वटा हत्याका घटना घटेको जानकारी गराउँदै नक्कली सेनिटाइजर र माक्र्सको विक्रि वितरण बढिरहेको बताएका छन ।

सामाजिक सञ्जालबाट ठगी बढेको प्रति इंगित गर्दै उनले ‘अनलाइनमा डाक्टर हो भनेर अफवाह फैल्याएर ठगी गर्ने, प्रलोभन देखाएर ठगी गर्ने लगायतका घटनाहरु बढिरहको छ ।’ भने।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपि भीम ढकालले कोभिड–१९ को संक्रमणले सबै क्षेत्रलाई गाँजिरहेको बेला कालाबजारी लगायतका गलत गतिविधिमा लाग्नेहरुलाई कानुनी कठघरामा ल्याउनुपर्ने बताउदै ट्राफिक प्रहरीले आफू कोभिडको संक्रमणबाट बच्दै ट्राफिक व्यवस्थापन गर्नुपर्ने चुनौती रहेको बताउएका छन ।

सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द प्रसाद चौलागाईंको अध्यध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा काठमाडौ महानगरपालिकाका सहसचिव राजेश्वर ज्ञवाली, राजधानी दैनिकका सम्पादक सागर पण्डित, महानगरको सुरक्षा प्रमुख डिएसपि धनपति सापकोटा लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो

prabhu mahalaxmi
kumari