stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

कोरोना भाइरस रोकथामका लागि प्रयोग हुँदै आएको ह्याण्ड स्यानिटाइजरमा विषाक्त मेथानोल भेटियो, पाँच कम्पनीलाई कारबाही

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । कोरोना भाइरस रोकथामका लागि प्रयोग हुँदै आएको ह्याण्ड स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने मेथानोल नामक विषाक्त रसायन पाइएको छ । बजारमा पाइने ह्याण्ड स्यानिटाइजरको प्रयोगशाला परीक्षण गर्दा ५ वटा कम्पनीको स्यानिटाइजरमा मेथानोल नामक विषाक्त रसायन पाइएको औषधि व्यवस्था विभाग (डीडीए)ले जनाएको छ ।

नेपाल कायाकल्प उद्योग, भक्तपुरको इन्टेन्ट ह्याण्ड स्यानिटाइजर, हाइजिन सोप एण्ड केमिकलको इन्टेन्ट ह्याण्ड स्यानिटाइजर ओरिजिनल, आधार केमिकल एण्ड फुट इन्डष्ट्रिको एडभान्स्ड ह्याण्ड स्यानिटाइजर, सर्च केम कम हर्बल प्रोडक्ट्सको इन्टेन्ट ह्याण्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी हर्बल प्रोडक्ट्सको सूर्यमुखी ह्याण्ड स्यानिटाइजरमा मेथानोल भेटिएको हो ।

बजारमा उपलब्ध स्यानिटाइजरको नमुना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा उक्त विषाक्त रसायन मेथानोल पाइएको डीडीएले एक सूचना प्रकाशन गर्दै जानकारी दिएको छ ।

यसले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर गर्ने भएकोले उक्त ह्याण्ड स्यानिटाइजर प्रयोग नगर्न पनि डीडीएले आग्रह गरेको छ । सूचनामा भनिएको छ, ‘तोकेको मापदण्ड इन्टेन्ट हेन्ड स्यानिटाइजर (अल्कोहल बेस्ड) सम्बन्धी स्तर २०७६ विपरीत विषाक्त रसायन मेथानोल समावेश भएको पाइएकोले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने हुँदा सर्वसाधारणहरुले प्रयोग नगर्नरनगराउनुहुन र साथै त्यस्ता स्यानिटाइजरको उत्पादन तथा बिक्री वितरण अविलम्ब रोक्का राख्न सम्पूर्ण सरोकारवालाहरूलाई सूचित गरिन्छ ।’ यस्तो गम्भीर त्रुटि गर्ने उत्पादकहरूलाई प्रचलित कानुनअनुसार कारबाही गरिने औषधि व्यवस्था विभाग (डीडीए) का महानिर्देशक नारायण ढकालले बताएका छन् ।

prabhu mahalaxmi
kumari