stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

आईपीओको ओपनिङ रेन्जमा कडाइ, नेप्सेले संशोधन व्यवस्था गर्‍यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आईपीओ निष्काशनपछि सूचीकरणमा आउने कम्पनीहरूको पहिलो कारोबारका लागि निर्धारण गरिने ओपनिङ रेन्ज सम्बन्धी व्यवस्था परिवर्तन गरेको छ। माघ अन्त्यतिर बसेको नेप्सेको सञ्चालक समितिको बैठकले यो नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको हो।

यसअघि नेप्सेमा सूचीकरण भएर पहिलो कारोबार सुरु गर्दा कम्पनीको नेटवर्थको तीन गुणासम्म ओपनिङ रेन्ज तोक्ने प्रचलन थियो। तर अब उक्त व्यवस्थामा संशोधन गर्दै नेप्सेले कम्पनीको नेटवर्थ र शेयरको अंकित मूल्यलाई आधार मानेर फरक–फरक व्यवस्था लागू गरेको छ।

नयाँ व्यवस्था अनुसार पोजेटिभ नेटवर्थ भएका कम्पनीहरूको हकमा नेटवर्थ जति नै भए पनि शेयरको अंकित मूल्यको तीन गुणासम्म मात्र ओपनिङ रेन्ज दिइने भएको छ।

उदाहरणका लागि कुनै कम्पनीको शेयरको अंकित मूल्य १०० रुपैयाँ भएमा सो कम्पनीले अधिकतम ३०० रुपैयाँसम्मको ओपनिङ रेन्ज पाउनेछ। त्यस्तो कम्पनीको नेटवर्थ १००, ५०० वा त्योभन्दा बढी भए पनि ओपनिङ रेन्ज ३०० रुपैयाँमै सीमित हुनेछ।

यसै नियमअनुसार शुक्रबार नेप्सेमा सूचीकरण भएका रिलायन्स स्पिनिङ्ग मिल्स र सालपा विकास बैंकले पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको सुरुवाती ओपनिङ रेन्ज पाएका छन्।

यद्यपि, यदि कुनै कम्पनीको नेटवर्थ शेयरको अंकित मूल्यभन्दा कम छ भने भने त्यस्तो अवस्थामा नेटवर्थको तीन गुणासम्म ओपनिङ रेन्ज दिइने व्यवस्था गरिएको छ। उदाहरणका लागि शेयरको अंकित मूल्य १०० रुपैयाँ भए पनि नेटवर्थ ९० रुपैयाँ मात्रै रहेको कम्पनीले ९० रुपैयाँको तीन गुणा अर्थात् २७० रुपैयाँसम्मको ओपनिङ रेन्ज पाउनेछ।

यसरी हेर्दा अब नेप्सेमा सूचीकरण हुने कम्पनीहरूमध्ये पोजेटिभ नेटवर्थ भएकाको हकमा अंकित मूल्यको तीन गुणासम्म र अंकित मूल्यभन्दा कम वा नेगेटिभ नेटवर्थ भएकाको हकमा नेटवर्थको तीन गुणासम्म ओपनिङ रेन्ज तोकिने स्पष्ट व्यवस्था गरिएको छ।

prabhu mahalaxmi
kumari