stcnepal long ad
global ime bank long

स्ववियु निर्वाचन एक महिना सर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

२०७६, २८ माघ  काठमाडौँ । त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसमा आगामीे फागुन १४ गतेका लागि तय गरिएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन झण्डै एक महिना पछाडि सर्ने भएको छ ।
निर्वाचनमा मुख्य भूमिका रहने स्ववियु निर्वाचन केन्द्रीय समितिका संयोजक तथा शिक्षाध्यक्षको पद रिक्त रहेको तथा विद्यार्थी सङ्गठनले समेत आवश्यक तयारी पूरा गर्न नसकेको जनाएपछि पूर्व निर्धारित कार्यतालिकामा निर्वाचनको सम्भावना नरहेको हो ।
विश्वविद्यालयले निर्वाचन तयारीका विषयमा मातहत क्याम्पसका क्याम्पस प्रमुख तथा विद्यार्थी सङ्गठनसँग छलफल गरे पनि निर्वाचनका लागि वातावरण बन्न नसकेपछि नेपाल विद्यार्थी संघका महामन्त्री दीपक भट्टराईले रिक्त पदाधिकारी नियुक्ति गरेर अगाडि बढ्न विद्यार्थी सङ्गठनले माग गरेको बताए ।

नेविसंघ केन्द्रीय समिति गठन भइसकेको अवस्थामा निर्वाचनमा जान आफूहरूलाई कुनै समस्या नहुने महामन्त्री भट्टराई भनाइ रहेको छ । नयाँ मिति तय गरेर निर्वाचनमा जान संघ तयार रहेको पनि महामन्त्री भट्टराईले जानकारी दिएको छन । अनेरास्ववियुका संयोजक ऐन महरले पनि सबै क्याम्पसमा निर्वाचन हुने तर पूर्व निर्धारित कार्यतालिका भने करिव–करिव एक महिना पर सर्ने अवस्था रहेको बताए ।
नेविसङ्घले एक महिना हाराहारीको समय तयारीका लागि चाहिन्छ भनेकाले चैत दोस्रो सातातिर निर्वाचन हुने संयोजक महरको भनाइ रहेको छ ।

IME Lifesidebar
kumari