२३ वाणिज्य बैंकले गरे वित्तीय विवरण सार्वजनिक, दुई बैंकको नाफा २ अर्ब माथि (कसको कति सूचीसहित)
आर्थिक सञ्जाल काठमाडौं । माघ २८
अहिलेसम्म २३ वाणिज्य बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । ती मध्ये दुई वाणिज्य बैंकको नाफा २ अर्ब भन्दा बढी छ ।
अहिलेसम्म कृषि विकास बैंक, सिटिजन्स, सिद्धार्थ, एभरेष्ट, माछापुच्छे, सानिमा, नेपाल बैंक, सनराइज, प्रभु, बंगालादेश, लक्ष्मी, कुमारी, प्राइम, हिमालयन, इन्भेष्टमेन्ट, एनआइसी एशिया, ग्लोबल आइएमई, एसबीआई, एनएमबी, एनसिसी, नबिल, स्टयाण्र्डड चार्टर्ड र सिभिल बैंकले मात्रै वित्तीय विवरण सार्वजनिक गरेका छन् । ती मध्ये नबिल र एनआइसी एशिया बैंकले २ अर्ब भन्दा माथि नाफा गरेका हुन् ।
एनआइसी एशिया बैंकले पुस महिनासम्म २ अर्ब १ करोड ६२ लाख खुद नाफा गरेको छ । उक्त बैंकले खुद नाफा ३३.३९ प्रतिशतले बढाएको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड १४ लाख खुद नाफा गरेको थियो । यसैगरी, नबिल बैंकले २ अर्ब ४ करोड १८ लाख नाफा गरेको छ । गत वर्ष उक्त बैंकले २ अर्ब १७ करोड ६८ लाख नाफा गरेको थियो ।
अधिकांश बैंकले १ अर्ब भन्दा बढी नाफा गरेका छन् ।
१३ बैंकको नाफा १ अर्ब बढी छ । १ अर्ब भन्दा बढी नाफा गर्नेमा स्टयाडर्ड चार्टर्ड, एनएमबी, एसबिआई, ग्लोबल आइएमई, इन्भेष्टमेन्ट, हिमालयन, प्राइम, प्रभु, नेपाल बैंक, सानिमा, एभरेष्ट, सिद्धार्थ र कृषि विकास बैंक छन् ।
१ अर्ब पनि नाफा कमाउन नसक्ने बैंकमा सिभिल, एनसीसी, कुमारी, लक्ष्मी, बंगालादेश, सनराइज, माछापुच्छ«े र सिटिजन्स बैंक छन् । उनीहरुको नाफा १ अर्ब भन्दा कम छ । अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गर्ने बैंक मध्ये सिभिल बैंकको नाफा सबैभन्दा कम र नबिल बैंकको नाफा सबैभन्दा बढी छ ।
२७ वाणिज्य बैंक मध्ये २३ वटाले मात्र अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गरेका छन् । बाँकी ४ वाणिज्य बैंकले वित्तीय विवरण सार्वजनिक गरिसकेका छैनन् । निक्षेप संकलन र त्यही अनुसारको कर्जा लगानी गरेका कारण बैंकको नाफा बढेको हो । वित्तीय विवरण सार्वजनिक गर्न वाँकी बैंकले नाफा बृद्धि गर्ने सम्भावना देखिन्छ ।
बैंक नाफा
१.कृषि विकास बैंक १ अर्ब ५८ करोड १७ लाख
२.सिटिजन्स बैंक ६८ करोड ७७ लाख
३.सिद्धार्थ बैंक १ अर्ब २ करोड ६५ लाख
४.एभरेष्ट बैंक १ अर्ब ५० करोड ९८ लाख
५.माछापुच्छे« बैंक ८२ करोड १८ लाख
६.सानिमा बैंक १ अर्ब १४ करोड ७४ लाख
७.नेपाल बैंक १ अर्ब ३५ करोड २३ लाख
८.सनराइज बैंक ९४ करोड ४३ लाख
९.प्रभु बैंक १ अर्ब ८ करोड ५७ लाख
१०.नेपाल बंगालादेश बैंक ८० करोड ७७ लाख
११.लक्ष्मी बैंक ९० करोड ३० लाख
१२.कुमारी बैंक ८० करोड ३० लाख
१३.प्राइम बैंक १ अर्ब ३० करोड ७ लाख
१४.हिमालयन बैंंक १ अर्ब ७४ करोड २४ लाख
१५.नेपाल इन्भेष्टमेन्ट बैंक १ अर्ब ६६ करोड ६१ लाख
१६.एनआइसी एशिया बैंक २ अर्ब १ करोड ६२ लाख
१७.ग्लोबल आइएमई बैंक १ अर्ब ६८ करोड ५९ लाख
१८.एसबीआई बैंक १ अर्ब ७ लाख
१९.एनएमबी बैंक १ अर्ब ६३ करोड ६० लाख
२०.एनसीसी बैंक ७५ करोड ६३ लाख
२१. नबिल बैंक २ अर्ब ४ करोड १८ लाख
२२.स्टयाण्डर्ड चार्टर्ड बैंक १ अर्ब २२ करोड ६९ लाख
२३. सिभिल बैंक ३१ करोड ६२ लाख