stcnepal long ad
ime life insurance
national life
global ime bank long

१२ मिनेटमै कोरोना रिपोर्ट दिने टेष्ट किट बेलायतमा बन्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बेलायतमा कोरोना परीक्षण गरेको १२ मिनेटमै नतिजा दिने टेष्ट किट बनेको छ । बेलायतको स्वास्थ्य उपकरण बनाउने लुमिराडिएक्सले बनाएको उक्त किट सजिलो र भरपर्दोसमते रहेको दाबी गरिएको छ ।

लुमिराडीएक्सका प्रमुख कार्यकारी अधिकृत रोन जवानजिगरले यस टेस्ट किटको नतिजा छिटो आउने नभएर नतिजा भरपर्दो रहेको बताएका छन्। उनले यसको आधारमा संक्रमितको उपचार छिटो हुने र अन्यलाई संक्रमण सर्ने क्रम पनि रोक्न सहयोगी हुने बताएका छन्।

अहिले परीक्षणमा रहेका कोरोना टेष्टक किटहरुले कम्तिमा पनि ९० मिनेटमा परीक्षणको नतिजा निे गरेका छन् । उक्त प्रयोगमा रहेका किट भन्दा निकै भरपर्दो रहेको दाबी गएिको छ । यो किटलाई अमेरिकाका फेडरल ड्रग्स एडमिनिस्ट्रेसनले अनुमति दिइसकेको छ । युरोपमा भने अनुमतिको अन्तिम चरणमा रहेको छ ।

यो किटले जहाँ पनि जुनसुकै स्थानमा पनि सजिलै कोरोना परीक्षण गर्न सकिने बताइएको छ । स्कटल्याण्डले लुमिराडीएक्ससँग ५ लाख परिक्षणका लागि ३ सय टेस्ट किट मेशिनको सम्झौता गरिसकेको छ।

IME Lifesidebar
kumari