stcnepal long ad
ime life insurance
national life
global ime bank long

भदौ ७ बाट एनएमबि र कञ्चनको एकीकृत कारोबार सुरु हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई एक्वायर गरेर आगामी आइतबार भदौ ७ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ ।

दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले साउन २५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले साउन २८ गते अन्तिम स्वीकृति दिइसकेका छन् ।

दुवै एक भएपछि अब एनएमबि बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । दुवै बैंकको असार २१ गते सम्पन्न विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः०।८५ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिइएको हो ।

यसर्थ, कञ्चनको १०० सय कित्ता सेयर हुनेले अब एनएमबिको नाममा ८५ कित्ता सेयर पाउने छन् । एनएमबि र कञ्चनले जेठ २५ गते एक्वायर सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

कञ्चन एक्वायरपछि एनएमबिको चुक्ता पुँजी १४ अर्ब ४५ करोड भन्दा बढी हुनेछ । एनएमबिले केही समयअघि ओम डेभलपमेन्ट बैंक गाभेको थियो ।

IME Lifesidebar
kumari