stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न संस्थालाई ह्विलचेयर हस्तान्तरण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सेवालाई सहज बनाउन, समावेशितालाई प्रवर्द्धन गर्न तथा दिगो विकास लक्ष्यप्रति आफ्नो प्रतिबद्धतालाई थप सुदृढ गर्दै विभिन्न संस्थाहरूलाई ह्विलचेयर सहयोग प्रदान गरेको छ।

यस कार्यक्रम अन्तर्गत बैंकले कैलालीको धनगढी–१ स्थित सेती प्रादेशिक अस्पताललाई १० थान ह्विलचेयर हस्तान्तरण गरेको छ।

उक्त सहयोगले अस्पतालमा उपचारका लागि आउने तत्कालका बिरामी, ज्येष्ठ नागरिक तथा हिँडडुलमा कठिनाइ भएका सेवाग्राहीहरूलाई अस्पताल परिसरभित्र सहज र सुरक्षित रूपमा आवतजावत गर्न सहयोग पुग्ने अपेक्षा बैंकले लिएको छ।

यस कार्यले स्वास्थ्य सेवामा पहुँचलाई थप सहज बनाउँदै सेवाग्राहीमैत्री वातावरण निर्माणमा समेत योगदान पुर्‍याउने विश्वास बैंकको छ।

त्यसैगरी, बैंकले गोकर्णेश्वरस्थित ‘युवा अपाङ्ग संगठन नेपाल’ लाई पनि १० थान ह्विलचेयर सहयोग स्वरूप प्रदान गरेको छ। यस सहयोगबाट आवश्यकता भएका फरक क्षमता भएका व्यक्तिहरूलाई आवश्यक समयमा सहयोग पुग्नुका साथै उनीहरूको सम्मानपूर्ण, सहज तथा समावेशी जीवनयापनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

यस प्रकारका कार्यक्रमहरू मार्फत बैंकले विशेष गरी दिगो विकास लक्ष्यको ‘सबल स्वास्थ्य र समृद्ध जीवन’ तथा ‘असमानता न्यूनीकरण’ सम्बन्धी लक्ष्यहरूलाई हासिल गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

मुक्तिनाथ विकास बैंकले आगामी दिनहरूमा पनि स्वास्थ्य, शिक्षा, समावेशी विकास तथा समुदायको जीवनस्तर उकास्ने खालका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

prabhu mahalaxmi
kumari