stcnepal long ad
global ime bank long

महिला चेम्बरकी अध्यक्ष श्रेष्ठ ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मानबाट सम्मानित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको उद्योग, व्यापार, महिला उद्यमशीलता तथा व्यवस्थापनको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएकी उर्मिला श्रेष्ठ “ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान” बाट सम्मानित भएकी छिन् ।

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष, महिला चेम्बरकी अध्यक्ष तथा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत श्रेष्ठ व्यापार, महिला उद्यमशीलता, सामाजिक उत्तरदायित्व तथा राष्ट्रिय आर्थिक विकासका क्षेत्रमा सकृय छिन् ।

श्रेष्ठ नेपाली निजी क्षेत्रको प्रेरणादायी व्यक्तित्वका रूपमा परिचित छिन् । विशेषगरी महिला उद्यमीहरूको क्षमता विकास, नेतृत्व अभिवृद्धि तथा आर्थिक सशक्तीकरणमा उनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छिन् ।

उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको निजी क्षेत्र, महिला उद्यमशीलता तथा व्यापार प्रवर्द्धनका निम्ति सक्रिय भूमिका खेल्दै आएकी छिन् ।

सामाजिक सेवामा समेत उत्तिकै सक्रिय श्रेष्ठले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण तथा विपद् व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएकी छिन् ।

IME Lifesidebar
kumari