stcnepal long ad
global ime bank long

दुर्गम भूगोलमा इन्टरनेट सेवा विस्तारको काम जारी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालका दुर्गम भूगोलमा इन्टरनेट सेवा विस्तार गर्ने सरकारको प्रतिबद्धता अनुसार नेपाल टेलिकमले काम जारी राखेको छ ।

यसअन्तर्गत डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका –६ स्थित ल्हान तथा ठुलीभेरी नगरपालिका–१, दुनै क्षेत्रमा समुद्री सतहबाट करिब ३९०० मिटर उचाइमा सफलतापूर्वक फोरजी सेवा केही दिनअघि सञ्चालनमा ल्याइएको छ।

त्यसैगरी, ताप्लेजुङको ओलाङचुङ गोला क्षेत्रमा ३४०० मिटर उचाइमा आजदेखि फोरजी सेवा सुरु भएको छ। नेपाल टेलिकमले देशको अन्य धेरै दुर्गम स्थानहरूसँगै अब बाजुराको बडिमालिका मन्दिर क्षेत्र (४२०० मिटर उचाइ) मा फोरजी सेवा विस्तार गर्ने तयारी गरिरहेको छ। साथै, सगरमाथा आधार शिविर क्षेत्रमा समेत फोरजी सेवा विस्तारका लागि अध्ययन कार्य अगाडि बढाइएको छ।

डिजिटल विभाजन घटाउने र सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउने प्राथमिकता अनुरूप नेपाल सरकार सक्रिय रूपमा काम गरिरहेको छ।

दुर्गम हिमालदेखि सुदूरपश्चिम र देशभरका बस्तीहरूलाई डिजिटल रूपमा जोड्ने अभियान निरन्तर जारी रहने टेलीकमका अधिकारीहरुको भनाइ छ।

IME Lifesidebar
kumari