नेपाल बैंकले ल्यायो ‘घडेरी कर्जा’ अफर, २० वर्षसम्म भुक्तानी गर्न मिल्ने
काठमाडौं । नेपाल बैंकले सर्वसाधारणका लागि आकर्षक ‘घडेरी कर्जा’ योजना ल्याएको छ । जग्गा खरिद गरी आफ्नै घर बनाउन चाहनेका लागि लक्षित गर्दै बैंकले यो विशेष कर्जा सुविधा ल्याएको जनाएको छ ।
कर्जा योजनामा ग्राहकले लिएको कर्जा अधिकतम २० वर्षभित्र भुक्तानी गर्न सक्ने सुविधा दिइएको छ । बैंकले सरल र झन्झटमुक्त प्रक्रियाबाट सुलभ ब्याजदरमा यो कर्जा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ ।
बैंकले ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै यो सेवा देशभर रहेका आफ्ना सम्पूर्ण शाखाहरूबाट उपलब्ध गराउने बताएको छ । जग्गा खरिद गर्न चाहने जोकोहीले पनि आफूलाई पायक पर्ने नेपाल बैंकको शाखामा गएर यस सम्बन्धी थप जानकारी लिन र आवेदन दिन सक्नेछन् ।

























