प्रि–ओपन सेसनमा नेप्से परिसूचक २.३५ अंकले बढ्यो
काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक २.३५ अंकले बढेर २८०६.५२ विन्दुमा अडिएको छ।
प्रि-ओपन सेसनमा ६२ वटा स्क्रिप्सको ५ हजार ४३५ कित्ता सेयर ४० लाख ३५ हजार ३७६ रुपैयाँमा खरिदबिक्री भएका छन् ।
कारोबारमा आएकामध्ये २९ वटा स्टक्सको मूल्य बढ्दा १७ वटाको घटेको छ। ९ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।

























