stcnepal long ad
nabil bank
macchha(MBL)

पूर्व विद्यार्थीलाई कान्तिपुर सिटी कलेजको सम्मान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कान्तिपुर सिटी कलेज, काठमाडौंले विभिन्न क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका आफ्ना पूर्व विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सम्मान कार्यक्रम आयोजना गरेको छ।

कलेजले आयोजना गरेको उक्त कार्यक्रममा हाल विभिन्न जिम्मेवारीमा रहेका पूर्व विद्यार्थीहरुलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा संघीय संसदका सदस्यहरू प्रकाशचन्द्र परियार, जगदिश खरेल र निश्कल राई रहेका छन्।

त्यसैगरी, प्रमुख सूचना आयुक्त सुरेश आचार्य, प्रधानमन्त्री कार्यालयकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहाल तथा प्रधानमन्त्री कार्यालयका आधिकारिक फोटो पत्रकार विनय शाक्यलाई पनि सम्मान गरिएको कलेजले जनाएको छ। कार्यक्रममा प्रा. रामकृष्ण रेग्मीलाई विशेष सम्मान प्रदान गरिएको थियो।

सम्मानित व्यक्तित्वहरूले कार्यक्रममा आफ्नो अनुभव र विचार प्रस्तुत गर्दै कलेजले दिएको शिक्षा तथा मार्गदर्शनले आफूहरूलाई आजको स्थानमा पुग्न महत्वपूर्ण भूमिका खेलेको बताए। उनीहरूले वर्तमान विद्यार्थीहरूलाई अनुशासन, निरन्तर मेहनत र लक्ष्यप्रति प्रतिबद्ध रहन सुझाव समेत दिएका थिए।

prabhu mahalaxmi
kumari