stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

चाैलागाईद्वारा महानिर्देशक शर्मासंग भेट गरि समस्या समाधान गर्न आग्रह

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पत्रकारका समस्या प्रति सधै चिन्तित रहने पत्रकारहरुका ढुकढुकी गाेविन्द प्रसाद चाैलागाईले आज सुचना तथा प्रशारण विभागका महानिर्देशक किरण शर्मासग भेट गरि पत्रकारहरुको प्रेस पास नवीकरणका लागी असार मसान्तसम्मको बिवरण पठाउने म्याद थप गराउन,अनलाइन दर्ता,नवीकरण,श्रमजीवी पत्रकारहरुले पारिश्रमिक पाए नपाएको नबिकरणका बखत ध्यान पुर्याइ दिन,कोभिड्को यस्तो त्रासमा पनि जोखिम मोलेर बिभागका तर्फबाट काम भैरहेको तर दुई दिन देखि संख्या तोकेर दिदै आएको सेवाको संख्या अझै बढाइदिन र लोक कल्याणकारी बिज्ञापनको भुक्तानी देश भरिका पत्रिकाहरुलाई समयमै उपलब्ध गराइदिन नेपाल पत्रकार महासंघको तर्फबाट सामाजिक दुरी कायम राख्दै आग्रह गर्नु भएकाे छ।

बरिष्ठ पत्रकार शुभेच्छा बिन्दु सहितको भेटघाटमा महानिर्देशक शर्माले छलफलमा महासंघका तर्फबाट आग्रह गरिएका सबै बिषयलाई आफुले गम्भीरता पुर्बक लिएको बताउदै कतिपय बिषय माथिल्लो निकायसगँ समन्वय गरेर चाडैं टुङ्याउने आश्वासन दिनुभएको छ ।

साथै प्रेस पास नवीकरणको हकमा केही दिन भित्रै सूचना प्रकाशित हुने र भदौको पहिलो साता देखि महिनाको अन्तिम सम्म बिवरण बुझाउने म्याद थपको सूचना पुन प्रकाशन गर्ने सहमति भएको छ। प्रकाशित सूचना हेरेर आआफ्नो संचारगृह बाट छुटेका संचारकर्मिहरुको बिवरण पठाइ दिनुहुन केन्द्रीय सदस्य चाैलागाईले संचारकर्मीहरु लाई आग्रह गर्दै सञ्चारकर्मीहरुका समस्यालाई गम्भीरता पूर्वक ग्रहण गरिदिनु भएकोमा महानिर्देशक शर्मालाई धन्यवाद दिनु भएकाे छ । महानिर्देशक शर्मा पत्रकार चाैलागाईका अनन्य मित्र हुनुहुन्छ ।

prabhu mahalaxmi
kumari