कर्णाली प्रदेशमा धेरै विकास रे
काठमाडौ । आज कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पत्रकार भेटघाट कार्यक्रम मार्फत माननीय कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रगतिको अवस्था सार्वजनिक गरेका छन्। । प्रदेश सरकारको कुल बिनियोजित बजेटमा खर्चको समग्र स्थिति ४७.६५ प्रतिशत रहेको छ ।
जस अन्तर्गत प्रदेश ब्यवस्थापिका ६४.८७ प्रतिशत, मुख्य न्यायाधिवक्ता ५७.७९ प्रतिशत, मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालय २३.१४ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालय ४२ प्रतिशत, उद्योग पर्यटन तथा वातावरण मन्त्रालय ५१.४० प्रतिशत, भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय ७७.२६ प्रतिशत, आन्तरिक मामिला तथा कानून मन्त्रालय ६१.१४ प्रतिशत, भौतिक पूर्वाधार बिकास मन्त्रालय ४३.७७ प्रतिशत, सामाजिक बिकास मन्त्रालय ६१.६९ प्रतिशत, कर्णाली प्रदेश योजना आयोग २४.४८ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षको वजेट कार्यान्वयन र सरकारको समग्र कामको प्रभावकारीता वृद्धि गर्न प्रदेश सरकारले आजदेखि नै कार्यसम्पादन करार सम्झौता शूरु गरेको छ ।
आज मन्त्रीहरुले मुख्यमन्त्रीसंग करार सम्झौता गरेका छन् भने अवको ७ दिन भित्र सचिवहरुले मन्त्रीहरुसंग र १५ दिन भित्र कार्यालय प्रमुखहरुले मन्त्रालयका सचिवसंग कार्यसम्पादन करार सम्झौता गर्ने कार्यतालिका तोकिएको छ ।






























