लगानी बोर्ड सीईओमा सुशील भट्टको नियुक्ति विरुद्ध रिट दायर
काठमाडौं । लगानी बोर्डमा सीईओ सुशील भट्टको नियुक्ति विरुद्ध सोमबार रिट दायर भएको छ। लगानी बोर्डको सीईओमा भट्टको नियुक्ति कानुन सम्मत नभएको भन्दै मन्त्रिपरिषद्को निर्णय बदरको माग गर्दै उच्च अदालत पाटनमा रिट दायर भएको हो। अधिवक्ता जयबहादुर भुजेलले रिट दायर गरेका हुन्।
अदालतका प्रवक्ता शम्भु प्रसाद रेग्मीका अनुसार आइतबार नै रिट दायर भएको खबर आए पनि आज मात्रै भएको हो। आज दायर रिटमा नवनियुक्त सीईओ भट्टको योग्यता नपुगेको उल्लेख गरिएको छ भने उनको कार्यक्षमताको विषयमा पनि प्रश्न उठाइएको छ।































