इन्जिनीयर साह रङ्गेहात पक्राउ
बुटवल । नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनीयर सन्तोष साह घुस रकम सहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई रु दुई लाख ३३ हजार ५०० नगद र बैंकमा जम्मा गरेको रु आठ लाख २२ हजारको भौचर सहित आइतबार अपराह्न धादिङको धुनिबेँसीबाट पक्राउ गरेको हो ।
अभियुक्तले खानेपानी शाखा कार्यालयका सेवाग्राहीसँग घुस बापतको रकम उठाएर काठमाडौँ आएको सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले साहलाई पक्राउ गरेको आयोगले आज जनाएको छ ।































