citizens life insurance long ad
stcnepal long ad

नेपाल बंगलादेश बैंकको २ अर्बको ऋणपत्र आउँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बंगलादेश बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र ल्याउने भएको छ । बैंकले २० लाख इकाई ऋणपत्र निष्कासनका लागि रेटिङ समेत सम्पन्न गरेको छ ।

इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम खालको सुरक्षा जनाउने ‘इक्रा एनपी एल त्रिपल बि’ प्लस’ रेटिङ दिएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्ने तयारी गरिरहेको छ ।

बैंकले ऋणपत्र ल्याउन रेटिङ गराए पनि हालसम्म धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ ।

धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ ।

IME Life
kumari