stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

अध्यागमन विभागमा कोरोना, भिषाको कार्य स्थगित

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  काठमाडौंको कालिकास्थानमा रहेको अध्यागमन कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना भाइरस पोजेटिभ भेटिएको छ । घटनापछि सो कार्यालय सिल गरिएको छ ।

नेपालमा रहेका विदेशी नागरिकहरुको भिषा थप गर्ने कार्य हुँदै आएको अध्यागमन कार्यालयमा आजदेखि तीन दिनसम्म भिषा थप्ने लगायतका सबै कार्य बन्द गरिएको सो कार्यालयले जनाएको छ ।

आइतबार विभागका ५७ जना कर्मचारीको कोरोना परिक्षण गर्दा एक जनाको नतिजा पोजेटिभ आएको महानिर्देशक रमेशकुमार केसीले जानकारी दिए ।

५६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अध्यागमन केन्द्रीय कार्यालयको काम स्थगित भएपनि त्रिभुवन विमानस्थललगायतमा भने काम भइरहेको उनले बताए ।

अध्यागमन विभागमा कार्यरत ति कर्मचारीको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने काम भइरहेको छ ।

kumari bank
kumari
nawakantipur long