stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

एफपीयु टोलीको विदाइ

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त राष्ट्रसंघको अनुरोधमा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा फम्र्ड पुलिस युनिट (एफपीयू)को रुपमा कार्य गर्न त्यसतर्फ खटिई जान लागेको एक टोलीलाई शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच हार्दिक विदाई गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यस अवसरमा संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ खटिदा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले राष्ट्र र संगठनको प्रतिनिधित्व गर्ने हुनाले त्यसठाउँमा उच्च व्यावसायिकता प्रदर्शन गर्दै अनुशासित र ईमान्दारिताका साथ उत्कृष्ट कार्य सम्पादनमा कृयाशिल रहन निर्देशन दिंदै खनालले मिशन ईलाकामा रहँदा त्यहाँको भाषा संस्कृति, रहन सहन र परिवेश फरक हुने हुनाले सुरक्षाकर्मीहरु थप सतर्क र चनाखो भई जिम्मेवारी निर्वाहमा कृयाशिल रहनुपर्ने चर्चा गर्नुहुँदै खटिई जाने टोलीले मानव अधिकारको उच्च सम्मान गर्दै, भ्रष्टाचार तथा लंैगिक हिंसामा शून्य सहनशीलताको नीतिको पूर्ण पालना गर्दै राष्ट्र र संगठनको प्रतिष्ठा बढाउन दत्तचित्त भएर कार्यसम्पादनमा जुट्नु पर्ने बताउनुभयो ।

खनालले त्यसतर्फ खटिँई जान लागेको सो टोलीले विभिन्न देशका सुरक्षाकर्मीहरुसँग समन्वय र सहकार्य गरी चेन अफ कमाण्ड र फौजी संस्कारमा रहेर पूर्ण व्यवसायीकताका साथ प्राप्त जिम्मेवारी र उत्तरदायित्व वहन गर्नुपर्नेमा जोड दिनुभयो ।
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कुमार न्यौपानेको कमाण्डमा एफपीयुको रुपमा साउथ सुडानको जुबामा खटिई जान लागेको सो टोलीमा २० जना अधिकृत सहित कूल १८० जना रहेका छन् ।

prabhu mahalaxmi
kumari bank
kumari