stcnepal long ad
ime life insurance
global ime bank long

बंगलादेशका सेना प्रमुखद्वारा नेपालको औपचारिक भ्रमण

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

 

काठमाडौं । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र बंगलादेशका सेना प्रमुख जनरल Aziz Ahmed, BSP, BGBM, PBGM, BGBMS, psc  माघ २४ गते काठमाडौ आइपुग्नु भएको छ । उहाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयका उपरथी निर्मल कुमार थापाले स्वागत गर्नु भएको थियो ।
जनरल Aziz Ahmed ले भोली माघ २५ गते टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गर्नु हुने तथा जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले उहाँको सम्मानमा सम्मान गारत अर्पण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । भ्रमणको दौरान उहाँले पोखरास्थित पश्चिम पृतना हे.क्वा. तथा केही महत्वपूर्ण पर्यटकीय स्थलहरुको समेत भ्रमण गर्नु हुने कार्यक्रम रहेको छ ।

साथै उहाँले माघ २६ गते प्रधानमन्त्री के.पी. शर्मा ओली, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल तथा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।

भ्रमणको दौरान उहाँले माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुहुने र सोही दिन नेपाली सेनाको पाँचखाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।

५ दिने औपचारिक भ्रमण पुरा गरी उहाँ माघ २८ गते स्वदेश फिर्ता हुनुहुने कार्यक्रम रहेको छ । यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र बंगलादेशी सेनाबीच रहँदै आएको आपसी सौहार्द्रपूर्ण सम्बन्धको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

prabhu mahalaxmi
kumari