stcnepal long ad
ime life insurance
national life
global ime bank long

कक्षा १२ को नतिजामाथि प्रश्न उठेपछि उत्तरपुस्तिका प्रमाणीकरण गर्न समिति गठन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

=काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा १२ को नतिजा त्रुटिपूर्ण सम्बन्धमा थप अध्ययन गर्न छानबिन समिति गठन गरेको छ ।

शिक्षा मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी उत्तर पुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षाङ्क एवं डेटा इन्ट्रीको भेरिफिकेसन गर्न समिति गठन गरिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन् ।

शिक्षामन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजाका विषयमा प्रश्न उठेपछि उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाङ्क तथा डेटा इन्ट्रीको भेरिफिकेसनका लागि समिति गठन गरिएको जानकारी दिनु भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले नतिजा प्रकाशनमा कुनै हतारो नगरिएको बताउनुभएको छ ।

नतिजा प्रकाशनलाई लिएर भइरहेको आन्दोलनप्रति लक्षित गर्दै उहाँले लोकतान्त्रिक समाजमा शान्तिपूर्ण रूपमा आफ्नो धारणा राख्न पाउने अधिकारको सरकारले सम्मान गर्ने उल्लेख गर्नुभयो ।

तर, आन्दोलनरत विद्यार्थीप्रति सामाजिक सञ्जालमा भइरहेका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीप्रति उहाँले गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

मन्त्री पोखरेलले शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार, गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न सबैसँग अनुरोधसमेत गर्नुभएको छ ।

IME Lifesidebar
kumari