stcnepal long ad
ime life insurance
national life
global ime bank long

बैंक, बीमा कम्पनीहरुमा कोरोना संक्रमित बढ्योः स्वास्थ्य मन्त्रालय

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय बैंक, बीमा कम्पनीहरुमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको जनाएको छ ।

मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।

गौतमले बैंक, वित्तीय संस्था तथा बीमा कम्पनी कम्पनीहरुमा कोरोना संक्रमितको दर बढ्दै गएको बताए । प्रबक्ता गौतमले पछिल्लो २४ घण्टा ४६४ जनामा नयाँ कोरोना संक्रमित भेटिएको बताए । हालसम्म १५ हजार ८१४ जना निको भइसकेको समेत प्रबक्ता डा। गौतमले जनाए ।

पछिल्लो समय काठमाडौं बाहिरका बैंकका शाखाहरुमा काम गर्ने कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण बढ्ने क्रम बढिरहेको छ । गत साता मात्रै नबिल बैंक र सनराईज बैंकमा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।

मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको र सर्वसाधारणले आफ्नो ख्याल राम्रोसँग नगरेमा अस्पतालहरुले उपचार गर्न नसक्ने अवस्था आउने डा। गौतमले चेतावनी दिएका छन् ।

IME Lifesidebar
kumari