stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

नेकपा विभाजनकाे दिशातिर

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका केही सवलताका साथ कैयाै दुर्वल पक्ष छन् । प्रचण्ड  , माधव नेपालका पनि सीमाहरु प्रसस्त छन् ।

उहाँहरुका गुहिय विषयले वाम जनमतलाई गिज्याइरहेको मात्र होइन प्रश्न पनि खडा गरेकै छ । यो निश्चित हो कि कमजोरीबाट नोक्सानी मात्र होइन शिक्षा लिन पनि सकिने यथार्थ राजनीतिक शास्त्रको अध्ययनबाट जान्न पाइन्छ । हो कम्युनिष्ट पार्टी बिपरित्वको एकत्वको भएकोले एकता ,सङ्घर्ष र रुपान्त्रणको अभिछिन्न श्रृङ्खलाबाटै आत्मगत र बस्तुगत घटना रुपान्तरणको दिशामा अघि वढ्छ ।

यही इतिहासका घटना – परिघटनाहरुको सच्याइलाई बुझेर द्वन्दवादको आयामबाटै सबै विषयको छिनोफानो हुन्छ नै । यिनै शाश्वत नियमहरुको जगमा टेकेर नेकपा(नेकपा) को विवाद हल हुने निश्चित आधार मित्रवत् वहस छलफल हुँदै विचार निर्माण स्थल महाधिवेसन नै अन्तिम टुङ्गो हो । इतिहासका यी सार्वभाैम नियम आत्मसाथ गर्दै यति वेला पार्टी एकताको बाँकी कार्यभार पूरा गरी राष्ट्रिय एजेण्डा यूगिन कार्यभार पूरा गर्न कुनै पनि पक्षले विलम्व नगराै ।

यी ऐतिहासिक कार्यभार यूगिन दायित्वका अचुक अस्त्र हुन । त्यसैले पार्टी एकतालाई थप मजवुत बनाई अन्तर विरोधहरु सुझबुझका साथ हल गर्न ओलीलाई अनुशासनको दण्डा वर्षाउनुको अलवा जिम्मेवारी वोध र जवाफदेही बनाउन थप सिर्जनात्मक / सकारात्मक भूमिका खेल्नु प्रचण्ड , माधवको राष्ट्रिय जिम्मेवारी हो ।

ओली पनि आत्म समीक्षाका साथ शीर्ष ठाउँमा हावाले हान्ने सच्याइको वोध गर्दै एक कदम पछाडि हटेर पार्टी एकता बचाई उज्वल भविष्य पस्किन उत्तिकै जिम्मेवारीका साथ आउन सक्नु पर्छ ।

इतिहासको यस गुढ सत्यबाट कोही पनि नचुकाै । अन्यथा नेकपा विभाजन उन्मुख हुने निश्चित छ,कसैले राेकेर राेकिन्न ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long