stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

उपत्यकाभित्रै केन्द्रबिन्दु भएर भुकम्पको धक्का

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज अपरान्ह ४ः३० बजे काठमाडौं उपत्यकाभित्रै केन्द्रबिन्दु भएको भुकम्प गएको छ । राजधानी काठमाडौं, ललितपुर र भक्तपुरका कैयौं मानिसहरुले भुकम्पको धक्का महसुस गरेका छन् ।

राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका भुकम्प बिज्ञ मुकुन्द भट्टराईका अनुसार राजधानीको ललितपुरस्थित बंगलामुखी मन्दिर आसपासको केन्द्रबिन्दु भएर ३.५ रेक्टर स्केलको भुकम्प गएको हो ।

आज गएको भुकम्प २०७२ साल बैशाख १२ गते गएको भुकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ । बैशाख १२ को भुकम्प पछि यस्ता हजारौं परकम्पहरु गइसकेको छ ।

राजधानी काठमाडौंको कीर्तिपुर, ललितपुर केन्द्रबिन्दु भएर केही परकम्प गइसकेका छन् । काठमाडौं उपत्यका आसपासमा अझै शक्ति संचय भएर बाँकी रहेको भुगर्भशास्त्र सम्बन्धी अध्ययन गरिरहेकाहरुले औल्याएका छन् ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long