citizens life insurance long ad
stcnepal long ad

‘ग्रान्ड बार्गेन’को ‘ग्लोबल एम्बेसडर’मा जगन चापागाईं चयन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । विश्व मानवीय सहायता प्रणालीलाई थप प्रभावकारी, जवाफदेही र स्थानीय नेतृत्वमा आधारित बनाउने प्रमुख अन्तरराष्ट्रिय पहल ‘ग्रान्ड बार्गेन’ को ‘ग्लोबल एम्बेसडर’ मा मानवीय नेतृत्वकर्ता जगन चापागाईं नियुक्त हुनुभएको छ ।

यसअगाडि (सन् २०२३–२०२६) मा सो जिम्मेवारी सामूहिक रुपमा डा जेमिला महमुद (मलेसिया), म्यानुएल बेस्लर (स्वीट्जरल्याण्ड) र माइकल कोहलर (युरोपेली सङ्घ) ले गर्नुभएको थियो ।

स्वीट्जरल्याण्डको जेनेभामा हालै सम्पन्न ‘ग्रान्ड बार्गेन–२०२६’ वार्षिक सम्मेलनले अन्तरराष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासङ्घ (आइएफआरसी) का महासचिव चापागाईंलाई एकल रुपमा सो जिम्मेवारीमा सर्वसम्मत चयन गरेको हो ।

परोपकारी एवं मानवीय सहयोगको सर्वाेच्च निकाय आइएफआरसीको महासचिव पदमा दोस्रो कार्यकालमा कार्यरत उहाँ ‘ग्लोबल एम्बेसडर’ हुनेमा पनि पहिलो नेपाली बन्नुभएको छ । उहाँले सन् २०२० मा पहिलो पटक आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

उहाँले आगामी दुई वर्ष ‘ग्लोबल एम्बेसडर’ का रुपमा विश्वव्यापी पहलको नेतृत्व र पैरवी गर्नुहुने जनाइएको छ । उहाँको ‘ग्लोबल एम्बेसडर’ को जिम्मेवारीले विश्वव्यापी मानवीय प्रणालीको सुधार, स्थानीय नेतृत्व र स्रोतको न्यायोचित वितरणसम्बन्धी बहसमा नेपालको परिचय बोकेको एक मानवीय नेताको भूमिकालाई अझ फराकिलो बनाएको छ ।

‘ग्लोबल एम्बेसडर’ चयनपछि उहाँले भन्नुभयो, “मैले सरकार, दातृ निकाय, संयुक्त राष्ट्रसङ्घ, अन्तरराष्ट्रिय गैरसरकारी संस्था, रेडक्रस तथा रेडक्रिसेन्ट, र स्थानीय तथा राष्ट्रिय मानवीय संस्थाबीच सहकार्य र साझा प्रतिबद्धतालाई बलियो बनाउने भूमिका निर्वाह गर्नेछु ।

यो जिम्मेवारी आइएफआरसीको महासचिवको भूमिकाभन्दा अलग र सम्पूर्ण ‘ग्रान्ड बार्गेन’ समुदायका तर्फबाट निष्पक्ष रूपमा निर्वाह गर्नेछु ।”

के हो ‘ग्राण्ड बार्गेन’ ?

‘ग्रान्ड बार्गेन’ ‘वोल्र्ड ह्युम्यानिटियरिन समिट–२०१६’ पछि सुरुआत गरिएको विश्वव्यापी मानवीय सुधार पहल हो । विश्वका ठूला ठूला दाता तथा मानवीय सहायताकर्मीबीच मानवीय सहायताको वितरणलाई चुस्त बनाउँदै दाताको प्रशासनिक प्रक्रियामा कम खर्च गरेर सिधै प्रभावित समुदायमा धेरै आर्थिक सहयोग गर्ने प्रतिबद्धताकोे सहमति हो ।

यसको मूल ध्येय मानवीय सहायता प्रणालीलाई अझ प्रभावकारी, दक्ष, समान, जवाफदेही र स्थानीय नेतृत्वमा आधारित बनाउनु हो । यसको केन्द्रमा दाता, संयुक्त राष्ट्रसङ्घीय निकाय, अन्तरराष्ट्रिय संस्था र स्थानीय तथा राष्ट्रिय मानवीय संस्थाबीच काम गर्ने तरिका सुधार्दै सङ्कटबाट प्रभावित मानिस र समुदायसम्म स्रोत तथा निर्णय अधिकार अझ प्रभावकारी रूपमा पु¥याउने लक्ष्य छ ।

दश वर्षपछि ‘ग्रान्ड बार्गेन’ अब नयाँ चरणमा प्रवेश गर्दैछ । सन् २०२७ जनवरीदेखि यसले कलेक्टिभ एक्सन प्लेटफर्म फर दि ग्राण्ड बार्गेन (सिएपी –जिबी) का रूपमा काम गर्नेछ ।

नयाँ संरचनाले विशेषगरी गुणस्तरीय वित्तीय सहयोग, स्थानीयकरण र समान साझेदारीमा जोड दिनेछ । प्रभावित समुदायप्रतिको जवाफदेहिता र लैङ्गिक समानतालाई सबै क्षेत्रमा जोडिने विषयका रूपमा कायम राखिएको छ ।

निष्पक्ष भूमिका निर्वाह गर्नेछुः चापागाईं

‘ग्लोबल एम्बेसडर’का रूपमा चापागाईंको प्रारम्भिक कार्यकाल दुई वर्षको हुनेछ । उहाँको ‘ग्राण्ड बार्गेन’ लाई उच्च राजनीतिक तहमा आवश्यक पैरवी, प्रभाव र नेतृत्व प्रदान गर्दै स्थानीय तथा राष्ट्रिय संस्थाको आवाज विश्वव्यापी निर्णय प्रक्रियामा पु¥याउने जिम्मेवारी हुनेछ ।

साथै साताव्यापी वा संस्थागत छलफलमै सीमित नभई देश तहबाट प्राप्त अनुभव र प्रमाणलाई वरिष्ठ नीति निर्मातासम्म पु¥याउनु उहाँको भूमिकाको महत्वपूर्ण हिस्सा हुनेछ ।

चापागाईंले आफ्नो कार्यशैलीका लागि तीन स्पष्ट प्रतिबद्धता अघि सार्नुभएको छ । उहाँले भन्नुभयो, “पहिले सुन्ने, सुनेका समस्या समाधान गर्न सक्ने निर्णयकर्तासम्म पुर्याउने र गरिएका प्रतिबद्धता वास्तवमै कार्यान्वयन भए कि भएनन् भनेर निरन्तर फलोअफ गरिरहनेछु ।”

उहाँले नयाँ रणनीति वा थप प्रतिबद्धताको सूची बनाउनुभन्दा पहिले नै गरिएका प्रतिबद्धतालाई व्यवहारमा उतार्नु प्राथमिकता हुने स्पष्ट पार्नुभएको छ । उहाँको अर्को मुख्य प्राथमिकता स्थानीय आवाजलाई केन्द्रमा ल्याउनु हुनेछ । ‘ग्लोबल एम्बेसडर’ चापागाईंले स्थानीय समुदाय र अग्रपङ्क्तिमा काम गरिरहेका संस्थाका अनुभव र आवाजलाई ‘ग्राण्ड बार्गेन’ को विश्वव्यापी मञ्च तथा नीति निर्माण प्रक्रियासम्म पु¥याउने प्रतिबद्धता जनाउनुभएको छ ।

उहाँले जिम्मेवारी ग्रहण गर्र्र्दै भन्नुभयो, “हाम्रो सफलताको मापन बैठक कोठामा हामीले कति प्रतिबद्धता गर्‍यौँ भन्नेबाट होइन, मानिसले आफ्नो दैनिक जीवनमा वास्तविक परिवर्तन महसुस गरे कि गरेनन् भन्नेबाट हुनेछ ।”

IME Life
kumari