stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

सहसचिव अर्यालको विजोग, गाडी सहितको सुविधा सुब्बाले खोसेपछि तनावमा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । निजामति प्रशासनको उच्च तह नै मानिने सहसचिवलाई एक जना सुब्बाले हालयकायल बनाए, भन्दा झट्ट विश्वास नलाग्न सक्छ।

विश्वास लागोस् पनि कसरी ? सहसचिवले आफ्नो पिए (स्वकिय सचिव) नायब सुब्बा दर्जाकालाई राखेर आफ्नो कार्यालयीय कामको सहयोगी बनाउने गर्दछन्।

हरेक सहसचिवले सहयोगी बनाएर ढोका बाहिर गेटमा राख्नुपर्ने दर्जाका एक सहयोगीले भने सहसचिवकै गाडी जफत गर्दै मन्त्रालयमा जिम्मेवारी बिहिन बनाएर सानो कोठामा थन्काएको समाचार सुन्दा अपत्यारिलो लागेर सम्पत्ति न्यूजसंवाददाता टिम मन्त्रालय उनको कोठा र सुब्बाको कोठामा पुग्दा बल्ल समाचारले सार्थकता पाएको छ।

प्राप्त समाचार स्रोतका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासन शाखाका अधिकृत लीला प्र. काफ्ले र सुब्बा यादव बस्यालको खुराफातीले मन्त्रालयका सहसचिव भुवनहरि अर्यालले यतिबेला न त सवारी साधन पाएका छन् न त बस्ने कोठा नै सहज रुपमा उपलब्ध भएको छ।

कम्पनी रजिष्टार कार्यालयबाट मन्त्रालय सरुवा भएर आएका सहसचिव अर्याल प्रशासन महाशाखा प्रमुखका रुपमा केहि समयको लागी कार्यरत थिए। केही समय प्रशासन महाशाखामा रहेका अर्याललाई नायब सुब्बा बस्यालले आफ्नो षड्यन्त्रको तीर हान्दै विना विभागीय सहसचिव बनाईदिए भने प्रशासनमा सहसचिव यज्ञराज कोइरालालाई भित्र्याइएको छ।

जिम्मेवार विहिन बनाईएका सहसचिव अर्यालले सवारी साधन समेत नपाएपछि कोभिडको यस्तो महामारीको अवस्थामा तीव्र तनाव झेल्न बाध्य भएका छन्।

मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले यस्तो विभेद जस्तो सहसचिवलाई परेको मर्का बुझ्ने र समस्या सुल्झाई दिने उपाए खोज्नु भन्दा मुख्य सचिव कहिले बनिएला भन्ने तिर मात्र लागेकाले समस्या जटिल बनेको नजिकबाट नियाल्नेहरुको धारणा छ।

मुख्यसचिवको सपना देख्नेले एउटा सुब्बाले स्टोर चलाएर लाखौँ कमिसन खाएको हेक्का राख्दैनन् र सहसचिव प्रतिको अपमानलाई व्यवस्थापन गर्न सक्दैन भने उनको कार्यक्षमता यसै घटनाले मापन भएको प्रशासन क्षेत्रका जानकारहरु बताउँछन्।

नायब सुब्बा बस्याल मन्त्रालयको ११४ नम्बरको कोठामा बस्छन् ।

उनी बस्ने कोठा सचिव घिमिरे भन्दा उत्कृष्ठ रहेछ। कोठामा सिसिटिभी लगायत सुविधा सम्प्पन्न ठुलो आकारको कोठामा बसेर आदेश फरमान गर्दछन्।

सहसचिव अर्याललाई सबैभन्दा माथिल्लो तला जहाँ कुनै सुविधा छैन। सानो साँघुरो आकारको कोठामा एउटा सानो टेबुल–कुर्सी सहित स्टोरले व्यवस्थापन गरेर थन्क्याएको पाइएको छ। कोठामा टेलीफोनको समेत सेवा उपलब्ध गराईएको छैन ।
सहसचिव अर्याल चढ्ने गाडी नायब सुब्बा बस्याल यतिबेला चढिरहेका छन्। उनी गाडी फेरी फेरी चढ्ने सुब्बामा चिनिन्छन्।

यतिमात्र होइन यतिबेला मन्त्रालयमा उनको दादागिरी धेरैलाई मेसो नभएर हो या उनको सामुन्ने धेरैलाई टिक्न गाह्रो भएर हो बस्याल र अधिकृत काफ्ले यतिबेला मन्त्रालयमा चर्को रुपमै हावी भएका छन्।

यस घटनाले कतिपय मन्त्रालय र विभागका परिदृश्यको प्रतिनिधित्व गरेको रुपमा धेरै कर्मचारीले लिएका छन्। लोकतन्त्र आएपछि कर्मचारीहरुबीच चेन अफ कमाण्ड विग्रँदै गएको छ भन्ने प्रमाणका रुपमा यस घटनाले थप पुष्टि मात्र गरेका छैन मन्त्रालयका सचिवको समेत कार्यक्षमतामा प्रश्न खडा गरेको छ। सम्पत्ति न्युजबाट

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long