stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

बामदेव र प्रचण्ड बीच के भयाे ?

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री क.पुष्पकमल दाहाल (प्रचण्ड) ले साउन २० गते मंगलबार विहान पार्टी उपाध्यक्ष तथा संगठन विभागका प्रमुख क.वामदेव गौतमसँग भेट गर्नुभएको र भेटका सन्दर्भमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।
उक्त भेटमा अध्यक्ष क. प्रचण्डले उपाध्यक्ष क. गौतमसँग पार्टीसँग सम्बन्धित केही समसामयिक विषयमा संक्षिप्त कुराकानी गर्नुभएको थियाे ।
उक्त भेटका सन्दर्भमा विभिन्न किसिमका चर्चा, परिचर्चा गरिए पनि वास्तविकता निम्नानुसार मात्र भएको वामदेव सचिवालय स्पष्ट पारेकाे छ ।
स्मरणीय छ कि,साउन १३ गते उपाध्यक्ष क.वामदेव गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि दुबै अध्यक्ष समक्ष राख्नुभएको ७ बुँदे प्रस्तावउपर सोही दिन पार्टीका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री क.केपी शर्मा ओलीले आफ्नो समर्थन रहेको स्पष्ट पारिसक्नु भएको थियो ।
२० गते पार्टीका अर्का अध्यक्ष क.प्रचण्ड उपाध्यक्षलाई भेट्न जानुहुँदा उपाध्यक्ष क.वामदेवले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको स्पष्ट पार्नुभयो ।
क. प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ ?’ भनी गाैतमलाई सोध्नुभयो । उपाध्यक्ष क.वामदेव गौतमले ‘म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिनँ’ भनी अध्यक्ष क.प्रचण्डलाई बिदा गर्नुभएकाे वामदेव निकट स्राेतले जनाएकाे छ ।
prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long