stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

राष्ट्रिय वाणिज्य बैँकले देशको विभिन्न १० स्थानमा शाखा विस्तार गरी कारोबार शुभारम्भ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैँक लिमिटेडले देशको विभिन्न १० स्थानमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । यो सँगै बैँकको शाखा कार्यालयको सङ्ख्या तिन सय सात पुगेको छ ।

पछिल्लो समय धनुषाको शाखा कार्यालय नगराइन, स्याङ्जाको शाखा कार्यालय बयरघारी, कञ्चनपुरको शाखा कार्यालय झलारी, कैलालीको शाखा कार्यालय टिकापुर र सुख्खड, काठमाडौँको शाखा कार्यालय कपन, रूपन्देहीको शाखा कार्यालय सैनामैना, दाङको शाखा कार्यालय देउखुरी, गोरखाको शाखा कार्यालय पालुङटार र सर्लाहीको शाखा कार्यालय हरिवन शाखा कार्यालयहरू विस्तार गरी कारोबार शुभारम्भ गरेको बैँकले जनाएको छ ।

हाल बैँकको सातै प्रदेश, ७७ वटै जिल्लामा ३०७ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ७३ वटा एक्सटेन्सन काउन्टर रहेको छ ।

 

prabhu mahalaxmi
kumari