stcnepal long ad
himalayan life insurance long ad

हिमालयन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नविकरण गर्दा शुक्रबारसम्म छुट पाइने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट पाउन अब ४ दिन बाँकी रहेको छ।

साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा ब्याज जरिवानामा छुटको व्यवस्था गरिएको हो ।

कम्पनीले व्यतित बीमालेखहरु जेठ ११ गतेदेखि जेठ ३० गतेसम्म नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने ब्याज तथा जरिवानामा छुट हुने जनाएको छ।

५ वर्षसम्म व्यतित भएका बीमालेखमा ब्याज जरिवानमा १०० प्रतिशत र ५ वर्षदेखि माथि व्यतित बीमालेख ६० प्रतिशतसम्ममा ब्याज जरिवानामा छुट दिने कम्पनीले जनाएको छ ।