stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

कोरोना महामारी अहिलेसम्मकै ठूलो स्वास्थ्य संकट, अवस्था अझै भयाबह बन्न सक्छः डब्लुएचओ

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले कोरोना भाइरसको महामारी विश्वले सामना गरेको अहिलेसम्मकै ठूलो स्वास्थ्य संकट भनेको छ । डब्लुएचओका महानिर्देशक डा. टेड्रोज अधानोम गेब्रससले कोभिड–१९ को स्वास्थ्य आपतकाल अहिलेसम्मकै सबैभन्दा गम्भीर स्वास्थ्य समस्या र गम्भीर विपद रहेको बताएका हुन् ।

डब्लुएचओले यो हप्ता कोरोना भाइरसका कारण घोषित स्वास्थ्य आपतकालको अहिलेसम्मको अवस्था मुल्यांकनका लागि आकश्मिक बैठक डोकेको छ ।

विश्व स्वास्थ्य संगठनले यसअघि इबोला, जिका, पोलियो र स्वाइन फ्लू का बेला पनि विश्वव्यापी स्वास्थ्य आपतकाल लगाएको थियो ।

तर यसपटकको महामारी अहिलेसम्मकै गम्भिर प्रकृतिको भएको डब्लुएचओले जनाएको छ । संकट अझै भयाबह अवस्थामा पुग्न्सक्ने भएकोले गम्भिर बन्न विश्व समुदायलाई उसको अपिल छ ।

विश्वभर अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ६३ लाख ९६ हजार भन्दा बढी पुगेको छ ।

यस्तै कोभिड–१९ बाट अहिलेसम्म विश्वभर ६ लाख ५१ हजार ९ सय भन्दा धेरैको ज्यान गएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक छ ।

prabhu mahalaxmi
kumari bank
kumari