stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

टेलिकमको सेवा आफै लिन सकिने, रिचार्जको ६ वटासम्म अंक मेटिए पनि रिचार्ज हुने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np लाई परिमार्जन गरी थप ग्राहकमैत्री तथा जानकारी मूलक बनाइएको छ । यसको प्रयोगमार्फत विभिन्न जानकारी तथा सुविधाहरु प्राप्त गर्न सकिन्छ ।

वेबसाइटको होमपेजमै राखिएको सेल्फ केयर एकाउन्टको प्रयोग गरी विभिन्न सेवाका बारेमा जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ । सेल्फ केयर एकाउन्ट मार्फत विभिन्न सेवामा रिचार्ज गर्न, व्यालेन्स ट्रान्सफर गर्न र प्याकेज खरिद गर्न पनि सकिन्छ । आफन्त वा साथीभाईलाई प्याकेज गिफ्ट दिन पनि सकिन्छ ।

त्यसैगरी आफूले खरिद गरेको प्याकेजको भोल्युमका साथै मोबाइलमा उपलब्ध व्यालेन्सको बारेमा समेत जानकारी लिन सकिने टेलिकमले जनाएको छ ।

रिचार्ज कार्डमा भएको पिन नम्बर प्रयोग गरेर तथा भिसा वा मास्टर कार्ड प्रयोग गरेर कम्पनीका विभिन्न सेवाहरुमा अनलाइन रिचार्ज पनि वेबसाइटबाटै गर्न सकिन्छ । नयाँ सिमकार्ड लिनका लागि आवश्यक KYCForm समेत यहीबाट भर्न सकिन्छ ।

कम्पनीबाट उपलब्ध रोमिङ सेवा, KYCForm सेवा, नमस्ते क्रेडिट सेवा, ँFriends and Family (FNF), सेवा, डाटा रोमिङ र इन्टरनेसनल रोमिङ सेवा, भ्याल्यु एडेड सर्भिस VAS, फोरजी एलटीई सेवा, फाइबर टु द होम सेवा, एडीएसएल सेवा, कर्पोरेट युजर ग्रुप जस्ता सेवाहरुको बारेमा जानकारी लिन पनि सकिन्छ ।

कम्पनीद्वारा उपलब्ध गराइएका पोष्टपेड तथा प्रिपेड मोबाइल, ल्यान्डलाइन तथा अन्य विभिन्न सेवाहरुका थप विशेषताका बारेमा यसबाट प्रशस्त उपयोगी जानकारी प्राप्त गर्न सकिन्छ । त्यसैगरी रिचार्ज कार्डका ६ वटासम्म अंकहरु मेटिएको अवस्थामा पनि वेबसाइटबाटै रिचार्ज गर्न सकिने सुविधा प्राप्त गर्न सकिन्छ ।

कम्पनीका विविध गतिविधिहरुको जानकारीका लागि प्रकाशित गरिएका प्रेस विज्ञप्ति र न्युजलेटर समेत यहींबाट अध्ययन गर्न सकिन्छ । साथै कम्पनीले मासिक रुपमा प्रकाशन गर्ने NT Newsletter कम्पनीको website बाट Subscribeसमेत गर्न सकिन्छ ।

नेपाल टेलिकमले वितरण गरेका स्थानीय टेलिफोन नम्बरहरुको बारेमा जानकारी लिन तथा आफूले चाहेका व्यक्तिगत वा संस्थागत ग्राहकको नम्बर पनि वेबसाइटबाटै खोज्न सकिन्छ ।

आफूलाई आवश्यक पर्ने नेपाल टेलिकमका कुनैपनि सेवाको बारेमा खोजी गर्न अर्थात सर्च (Search) गर्न सकिने सुविधा समेत वेबसाइटको होमपेजमै उपलब्ध छ । होमपेजको मेनुको अन्त्यमा रहेको आइकनमार्फत सेवाहरुका बारेमा विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।

वेबसाइटको होमपेजमै विभिन्न डाटा प्याकेजहरुको जानकारी उपलब्ध छ । यहींबाट आफूलाई आवश्यक डाटा प्याकेज खरिद गर्न सकिन्छ । पछिल्लो समयमा लोकप्रिय मानिएका डाटा प्याकेजहरुलाई क्रमशः राखिएकाले धेरै ग्राहकले यसको प्रयोगलाई सहज मान्ने गरेका छन् ।

यसको अलावा नेपाल टेलिकम मोबाइल एपको बारेमा जानकारी पनि कम्पनीको website  मा उपलब्ध छ । मोबाइल एपको प्रयोग गरेर सहज रुपमा विभिन्न सुविधा लिन र प्रयोग गर्न सकिन्छ । साथै Download मा गएर कम्पनीको प्रबन्धपत्रदेखि विभिन्न सेवाका फारामहरु, बोलपत्र आव्हान आदि प्राप्त गर्न सकिन्छ भने News and Updates बाट कम्पनीको वार्षिक स्मारिका, महत्वपूर्ण सूचनाहरु तथा विभिन्न शैक्षिक कार्यक्रमका नतिजाहरु सहज रुपमा प्राप्त गर्न सकिन्छ ।

कम्पनीका मोबाइल सेवा, ल्याण्डलाइन टेलिफोन, एफटिटिएच तथा एडिएसएल सेवाका बारेमा विविध जानकारी प्राप्त गर्न र सोधपुछ गर्न तथा गुनासाहरु दर्ता गराउनका लागि प्रयोग हुने विभिन्न Short Codes पनि वेबसाइटबाट प्राप्त गर्न सकिन्छ ।

prabhu mahalaxmi
kumari bank
kumari