stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

एमसिसीबारे चासाे राख्दै अमेरिकी राजदूत बेरीले सकृय

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
 काठमाडौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा अमेरिकाले चासो राखेको छ।
 साउन ११ गते आइतबार अपरान्ह उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेललाई भेटेर नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले एमसीसीका विषयमा चासो राखेका छन्।
सत्तारुढ दल नेकपाकै नेताहरु एमसीसी अनुमोदन गर्न हुने र नहुने पक्षमा विभाजित भएका बेला राजदुत बेरीले भेट गरेका हुन्। गत जेठ १६ गते संसदबाट पारित गरिसक्नु पर्ने भए पनि पारित हुन नसकेपछि नेपालले गरेको आन्तरिक तयारी बारे राजदूत बेरीले उपप्रधानमन्त्रीलाई भेटेर यसबारे के भैरहेकाे छ भन्दै गम्भीर चासाे राखेका छन्।
भेटमा राजदूत बेरीले एमसीसीको विषय के भइरहेका छ भन्दै चासो राखेको रक्षा मन्त्रालयका सहसचिव सन्तबहादुर सुनारले जानकारी दिएका छन।
भेटमा बेरीले विश्वका अन्य देशहरुबाट माग भइरहेको सन्दर्भमा नेपालले किन ढिला गरिरहेको छ भन्दै चासो राखेकोे सहसचिव सुनारले बताएका छन । रक्षामन्त्री पोखरेलले सरकार अझै छलफलमा रहेकाले अनुमोदन गर्न ढिला भएको बताएका छन ।
एमसीसीका विषयमा सरकारले गम्भिर छलफल गरिरहेका पोखरेलले बेरीलाई जानकारी गराएका थिए।
भेटमा बेरीले छिमेकी भारतमा एक दिनमा लाख बढि जनतामा कोरोना पोजेटिभ देखिएको सन्दर्भमा नेपालले बनाएको योजना बारे पनि चासो राखेका थिए। अमेरिकाले सुरुमा केही कमजोरी गरेका कारण अहिले समस्या बढेर गएको उल्लेख गर्दै बेरीले संक्रमण नियन्त्रण गर्दै आर्थिक गतिविधि सञ्चालनका लागि सावधानी अपनाउन आग्रह गरेकाे बझिएकाे छ ।
prabhu mahalaxmi
kumari