नेपाल इन्स्योरेन्सले २.८९ ५ लाभांश दिने
काठमाडौं । नेपाल इन्स्योरेन्सले अहिले आफ्ना सेयरधनीलाई २.९८ प्रतिशतले लाभांश वितरण गर्न थालेको छ । त्यस्तै, चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर पनि वितरण सुरु गरेको छ । गत असार ५ मा बसेको साधारणसभामा लाभांश र बोनस प्रस्ताव पारित भएको थियो ।
सेयरधनीहरूलाई लाभांश बैंक खातामा नै पठाइएको इन्स्योरेन्सले जनाएको छ । इन्स्योरेन्सले लाभांश र बोनस प्राप्त नगरेका सेयरधनीहरूलाई सेयर प्रमाणपत्र अभौतिकीकरण गर्न भनेको छ ।
इन्स्योरेन्सले सार्वजनिक सूचना नै निकालेर सेयर प्रमाणपत्र अभौतिकीकरण नगरेका सेयरधनीहरूले डिम्याट खाता रहेको सम्बन्धित ब्रोकरमा अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको हो । अहिले कम्पनीको चुक्ता पुुँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार रुपैयाँ छ ।





























