stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

पत्रकार सहायता कोषमा सहयोग आउने क्रम जारी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखालाई वाङ्ला पब्लिक सेफ्टी ट्रेडिङ सेन्टरले आज रू १० हजार प्रदान गरेको छ । यहाँ आयोजित कार्यक्रममा वृद्ध, अशक्त र गम्भीर रोगका बिरामी पत्रकारलाई सहायता गर्न स्थापना गरिएको कोषमा जम्मा गर्न सञ्चालक भरत आचार्यले शाखाका अध्यक्ष शन्तराम बिडारीलाई उक्त रकम प्रदान गरेका हुन् ।

यसअघि सेन्टरले शाखालाई करिब रु २५ हजार मूल्यको कीटनाशक औषधि छर्कने दुई यन्त्रका साथै केही औषधि प्रदान गरेको थियो ।

त्यसैगरी झिल्को डटकमका कार्यकारी सम्पादक कृष्ण लेकालीले पनि सोही कोषमा जम्मा गर्न  रू १० हजार प्रदान गरेका छन् । अध्यक्ष बिडारीले समाचार सङ्कलन तथा प्रवाहमा खटिएका सञ्चारकर्मी गम्भीर रोग लागेर बिरामी पर्दा सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरिएको जानकारी दिँदै आगामी भदौसम्म कोषमा कम्तीमा रु पाँच लाख पु¥याउने लक्ष्य रहेको बताए ।

अध्यक्ष बिडारीले आफ्नो जन्म दिनका अवसरमा गत असार २९ गते रू १० हजार प्रदान गरेर शुरुआत गरेको कोषमा अहिलेसम्म रू ५५ हजार सङ्कलन भइसकेको र विभिन्न सङ्घ संस्था तथा समाजसेवीबाट सहयोगका लागि रकम थपिने प्रतिबद्धता आइरहेको शाखाका उपाध्यक्ष सूर्य सुवेदीले जानकारी दिए । रासस

prabhu mahalaxmi
kumari