पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको भने घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको छ। नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ महँगिएको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर ४ रुपैयाँ सस्तो भएको छ।
निगमले शनिबार, १५ फेब्रुअरी २०२५ मा इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार समायोजन गरेको हो।
पेट्रोलको खरिद मूल्यमा ५८ पैसा वृद्धि भएकाले उपभोक्ता मूल्य १ रुपैयाँले बढाइएको निगमले जनाएको छ। त्यस्तै, डिजेल र मट्टीतेलको खरिद मूल्य प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेकाले खुद्रा मूल्यमा ४ रुपैयाँको कटौती गरिएको हो। समायोजित नयाँ मूल्य ३ फागुनको मध्यरातबाट लागू हुनेछ।